२०८३ वैशाख ५ , शनिबार
कर्णाली राजमार्ग अबरुद्ध

कालेखोलामा सडक भासियो, ठूला सवारीसाधन बिचबाटाेमै राेकिए



सुर्खेत । कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित सडक भासिएपछि सडक अबरुद्ध भएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार करिव १० मिटर सडक भासिएको छ । ‘मंगलबार रातीदेखि झण्डै १० मिटर जति सडक भासिएको जानकारी आएको छ’ उनले भने, ‘ पिच र छेउको सडक भत्किएपछि साना गाडीको आवत जावत रोकिएको छैन तर ठूला सवारी साधनहरु बिच सडकमै रोकिएका छन् ।’
सडकको अवस्था बुझेर पर्खाल लगाउने वा स्काभेटरले सडक चौडा बनाउने उनको भनाइ छ । ‘भासिएको स्थानमा पर्खाल लगाउन मिल्ने भए पर्खाल लगाइन्छ, भित्तातिर खनेर चौडा बनाउन सकिने भए त्यो पनि उपाय हुन्छ’ उनले भने, ‘तर सडकको अवस्था अध्ययन नगरेरै यसै भन्न सकिँदैन, कर्मचारीहरु भासिएको स्थानमा पुग्दैछन् अध्ययनपछि मात्रै के गर्ने भन्नेर निचोड निस्कन्छ ।’ सडक मर्मतका लागि स्काभेटर लगायतका साधनहरु तयारी अवस्थामा राखिएको उनले बताए । दशै तिहार जस्ता ठूला चाडवाड नजिकिएका कारण सडकलाई दीर्घकालीन रुपमा सवारी सञ्चालन गर्न सकिनेगरी मर्मत गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार