२०८३ जेठ १९ , मंगलबार
स्थानीय खबर

दैलेखमा सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना



केहीको घटनास्थलमै मृत्यु भएको आशङ्का

दैलेख ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एक यात्रुवाहक जिप दैलेखमा भीषण दुर्घटनामा परेको छ। सोमबार दिउँसो १२ बजेपछि दैलेखको भैरवी गाउँपालिकाको कालगौँडा भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो।

​दुर्घटनामा परी केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ भने अन्य केही यात्रीहरू गम्भीर घाइते भएका छन्।

​जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायाका अनुसार घटनाको जानकारी पाउनासाथ स्थानीय प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ परिचालन भइसकेको छ। दुर्घटनाको प्रकृति र भौगोलिक विकटताका कारण अहिले नै मृतक तथा घाइतेहरूको स्पष्ट सङ्ख्या र सनाखत हुन सकेको छैन।

​जिप सडकबाट कति तल खस्यो र दुर्घटना हुनुको कारण के हो भन्नेबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको सूचना अधिकारी रोकायाले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार