२०८३ वैशाख ५ , शनिबार
युवाको मृत्यु प्रकरण

कमाउन कुवेत गए, उत्तै जीवन नै सकाए



सुर्खेत । धनपैसा कमाउन भन्दै कुवेत गएका सुर्खेतका एक युवले आफ्नै जीवन लिला समाप्त गरेका छन् । वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमले कुबेतको महाबुल्लास्थित २ सय १० नम्बर फ्लाइओभरबाट ३० नम्बर राजमार्गमा हाम फालेर जीवन सिकाएका हुन् । गएको अगस्ट १७ कुवेत पुगेका उनी त्यहाँ पुगेको आठौँ दिनमै जीवनलिला सकाएका हुन् ।
सोमबार बिहान करिब ७ बजेको समयमा उनले फ्लाइओभरबाट हाम फालेका थिए । हाम फाल्नुअघि उनले कपडा खोलेर सडकमा फालेका थिए । कुवेत पुगेको दोस्रो दिनदेखि नै उनको मानसिक अवस्था असामान्य गतिविधि देखाएको उनका सहकर्मीहरुले बताएका छन् । कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई जानकारी दिइसकेको र कम्पनीसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु भइसकेको जनाएको छ । उननले एउटा होटलको सवारी चालकको काम गर्न थालेका थिए ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार