सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी र मधेशवादी दलहरु मिलेर साझा सरकार बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
शनिबार सुर्खेतमा पत्रकार सम्मेलनमा प्रचण्डले प्रचण्डले यस्तो बताएका हुन् । ‘यदि प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेश केन्द्रीत दलहरु समेत मिलेर साझा सरकार बनाउन हाम्रो सहमत हुन्छ’ प्रचण्डले भने ‘त्यस गरे देशमा लोकतन्त्र, गणतन्त्रको पक्षमा र हिजोको शान्ति सम्झौता र संविधान पक्षहरु एक ठाउँमा उभिदा जनतालाई पनि ढाडस, एउटा राहत अहिले हुन्छ ।’

तर कांग्रेस वा एमाले मध्ये एउटालाई बाहिर राखेर सरकार बनाउने नीति अहिलेको परिस्थितिमा गलत हुने समेत दाबी गरे ।
‘प्रमुख पार्टीहरुले प्रदेशको सरकारहरु हामी मिलेर बनाऔँ भनेर कही नेपाली कांग्रेसको तर्फबाट र कही नेकपा एमालेको तर्फबाट प्रस्ताव हामीकहाँ आउने गरेको थियो, आइरहेको पनि छ’ प्रचण्डले भने, ‘तर हाम्रो पार्टीले र संयोजकको हैसियत मैले चाँहि त्यसलाई इन्कार गरेको छु, अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौँ ।’ प्रदेशमा फेरि एमाले, कांग्रेस र नेकपा मिलेर सरकार बनाउने त्यसले जनतामा भर्ममात्र सिर्जना गर्न अरु–अरुलाई मद्दत पुग्ने प्रचण्डको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्