सुर्खेत । सल्यानको कालीमाटी गाउँपालिकाका जनप्रतिधिहरु विकास माग्दै आन्दोलनमा उत्रिएका छन् । सडक कालोपत्रे, टेलिफोनको टावर निर्माण र विद्युत विस्तारको माग गर्दै कालीमाटी गाउँपालिका–७ का वडा अध्यक्ष र वडा सदस्य धर्नामा बस्नु भएको छ । वडाध्यक्ष मित्रलाल रिजाल र वडा सदस्य विर्ख बहादुर राना शुक्रबारदेखि वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बस्नु भएको हो ।

प्रदेश सरकारसँग पटक–पटक अनुरोध गर्दा सडक विस्तार, टेलिफोनको टावर निमाण र विद्युत विस्तारमा बेवास्ता गरेको भन्दै धर्नामा बस्न बाध्य भएको उहाँहरुले बताउनु भयो छ । जम्मा १८ किलोमिटर लामो घुइयाबारी–स्वामीबास–बबई सडक स्तरोन्नती नहुँदा बर्खामा यात्रा गर्न मिल्दैन भने वडामै नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन सेवा छैन । मागहरू प्रदेश सरकारले सम्बोधन नगरेसम्म धर्ना जारी राख्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्