२०८३ भदौ ३० , मंगलबार
वीरेन्द्रनगरमा प्रहरीकाे छापा

जुवाकाे खालबाट ८ जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगर–७ फुलबारी टोलबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। बुधबार राति करिब ९ः१५ बजे जनक रोकायको घरमा नगद राखेर हारजित हुनेगरी तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयजिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा जुम्लाको सिंजा गाउँपालिका–६ घर भई हाल वीरेन्द्रनगर–७ बस्दै आएका ४२ वर्षीय मनबहादुर बुढा, सिंजा–५ का ४४ वर्षीय लक्ष्मण रोकाय, सिंजा–४ का ३० वर्षीय लालबहादुर बुढा, ३४ वर्षीय लङ्कबहादुर बुढा, ४५ वर्षीय गम्भीर रावत, सिंजा–६ का ३० वर्षीय विष्णु बुढा, सिंजा–५ का ३१ वर्षीय हरिबहादुर रोकाय तथा वीरेन्द्रनगर–७ निवासी ३८ वर्षीय जनक रोकाय रहेका छन्। प्रहरीले घटनास्थलबाट नगद ९५ हजार १ सय ६६ रुपैयाँ, ६ गड्डी तास र ९ थान मोबाइल बरामद गरेको जनाएको छ। मोहनजंग बुढथापा का अनुसार पक्राउ परेकामाथि जुवा खेलेको कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार