२०८३ भदौ ३० , मंगलबार
प्रदेश खबर

जेठ ८, ९ र १० गते कर्णाली पर्यटन सम्मेलन हुने



सुर्खेत । कर्णालीमा पहिलो पटक ‘कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त आयोजना आगामी जेठ ८, ९ र १० गते सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुन लागेको हो ।
कर्णालीमा पर्यटनको व्यवसायिक विकास र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले पर्यटन सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलन

सम्मेलनमा कर्णालीका छिमेकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीका पर्यटन व्यवसायीहरु सहभागी आयोजकले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा हुने सम्मेलनमा बि टु बि बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भिजिट लगायतका विषयमा प्यानल डिस्कसन हुने मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाही जानकारी दिनुभयो । सम्मेलनमा कर्णालीको पर्यटन व्यवसायको विकास र विस्तारका लागि व्यावसायिक साझेदारी तथा दीर्घकालीन सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार