२०८३ साउन १० , आइतबार
कर्णाली प्रदेशले प्रि–बजेट संसदमा पेश

उत्पादन र रोजगारी बढाउने, दशाैँ राष्टिय खेलकुद प्रतियाेगिता गर्ने



कर्णाली प्रदेशले प्रि–बजेट संसदमा प्रस्तुत गरेको छ । विहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले संसदमा प्रि–बजेट प्रस्तुत गर्नु भएको हो ।


विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा आर्थिक सुधारका लागि उद्यमशीलता, उत्पादन, स्वरोजगारी र रोजगारीका कार्यक्रमलाई प्रोत्साहन गर्ने र चालु तथा प्रशासनिक खर्च घटाउने बताउनु भयो ।
आगामी आर्थिक वर्षमा कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि खेल पूर्वाधार निर्माण, कर्णाली उज्यालो कार्यक्रम, कृषकलाई ब्याज अनुदान, कृषि बीमा र एकीकृत बस्ति विकास कार्यक्रम आगामी वर्षमा पनि निरन्तरता दिने प्रदेश सरकारले जनाएको छ

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार