२०८३ साउन ११ , सोमबार
सुर्खेतका १८ जना विद्यार्थीले ल्याए चार जिपीए

निजीको दबदबा कायमै, कुशल र पुष्पाञ्जलीले जोगाए सामुदायिकको प्रतिष्ठा



सुर्खेत । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा सुर्खेतका १८ जना विद्यार्थीले चार जिपीए ल्याएका छन् । जसमध्ये १६ जना संस्थागत र दुई जना वटा सामुदायिक विद्यालयका चार जीपीए ल्याएका हुन् । सामुुदायिक तर्फ वीरेन्द्रनगर–१ मा रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखालीका कुशल उपाध्याय र वीरेन्द्रनगर–४ को भैरव माध्यमिक विद्यालयका पुष्पाञ्जली गौतमले चार जिपीए ल्याउन सफल भएका छन् । उपाध्याय कक्षा ३ देखि र गौतम कक्षा ८ देखि नै सामुदायिक विद्यालयमा अध्ययन गर्दै आएका हुन् ।


त्यस्तै संस्थागततर्फ इगरब्रिजको दबदवा छ । इगरब्रिजबाट ३ जना विद्यार्थीले चार जिपीए प्राप्त गरेको शिक्षा समन्वय इकाई सुर्खेतका नारायण पौडेलले जानकारी दिए ।
उनका अनुसार ग्रिनल्याण्डका दुई जना, सुर्खेत होराइजन एकेडेमी, साउथ स्कलर्स एकेडेमी, ब्राइटल्याण्ड एकेडेमी, बुलबुले भरी एकेडेमी, सूर्याेदय मावि, उत्तरगंगा इङ्लिस मिडियम बोर्डिङ स्कूल, अप्रितम एकेडेमी, देउती इङ्लिस मिडियम बोर्डिङ मेहलकुना, मध्यपश्चिम इङ्लिस मिडियम बोर्डिङ स्कूल, नवज्योति स्कूल र मर्निङ स्टार इङ्लिस मिडियम बोर्डिङ स्कूलका एक÷एक जना विद्यार्थीले चार जिपीए ल्याएका हुन् ।
चार जिपीए ल्याउन सफल भएका भैरव माविका कुलश उपाध्यायले विद्यार्थी, शिक्षक र अविभावकको निरन्तर मेहनतसँग त्रासमुक्त मनस्थितिबाट परीक्षामा सहभागी हुँदा उत्कृष्ट नजिता प्राप्त गर्न सफल भएको बताए ।
यस वर्ष सुर्खेतबाट ७ हजार १ सय ८८ जना नियमित र २ हजार ५ सय ९१ जना ग्रेडबृद्धि सहित कुल ९ हजार ७ सय ७९ जनाले एसइइ परीक्षा दिएका थिए ।

 

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार