सुर्खेत । प्रदेश अस्पतालको ओपीडी भवनको शिलान्यास भएको छ । सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेले ओपीडी भवनको शिल्यान्यास गरेका हुन् ।

ओपीडी र इमरजेन्सी सेवा छुट्टाछुट्टै भवनबाट प्रवाह गर्ने उद्देश्यले ओपीडी भवनको निर्माण सुरु गरिएको हो । भवन निर्माणको जिम्मा चण्डीदेवी विशाल एण्ड विराट जेभीले निर्माणको जिम्मा पाएको छ । भवन १६ करोड ८४ लाख रुपैयाँमा निर्माण हुने छ ।
प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्