२०८३ साउन ११ , सोमबार
भेरी बबइ आयोजना

दुई वर्षमै सक्ने लक्षसहित बन्दै छ नयाँ कार्ययोजना



राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय आयोजना अबको दुई वर्षभत्रि सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको छ । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री विराजभक्त श्रेष्ठको कार्यकारी आदेशअनुसार सरकारी अधिकारीहरु नयाँ कार्ययोजना बनाउन जुटेका हुन् ।
दुई वर्षमा आयोजना सम्पन्न गर्नेगरी नयाँ कार्ययोजनाको तयारी थालिएकोे जलस्रोत तथा सिचाइ विभागका महानिर्देशक मिन्त्र वरालले जानकारी दिए । बालेन्द्र शाह नेतृत्वको सरकार गठन हुनु अघसिम्म यो आयोजना थप ५ वर्षमा सम्पन्न गर्न कार्ययोजना अद्यावधकि गरिएको थियो । विभागले बटाइएको समयभित्र आयोजना सम्पन्न गर्न आवश्यक तयारीका काम गरिरहेको छ । तोकएिको समयमा आयोजना सम्पन्न गर्न अहिले एक सफ्टिमा काम भइरहेकोमा दुई वा तीन सफ्टिमा सञ्चालन गर्ने, त्यसको लागि जनशक्ति र कामदारको परिचालन लगायतका विषयमा शुरुवाती छलफल भइरहेको छ, महानिर्देशक बरालले भने त्यसैअनुसार स्रोत व्यवस्थापन र समस्या समाधान लगायतका विषयमा पनि तयारी गरिनेछ ।


आर्थिक वर्ष २०६८/६९ देखि निर्माण थालिएकोे यो आयोजना सुरुमा २०७९/८० मा सम्पन्न गर्ने भनिएको थियो । तर, पछि समय थप गर्दै पछिल्लो पटक आर्थिक वर्ष २०८७÷८८ मा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक भएको थियो । कुल ५१ हजार हेक्टर जमनिमा सिचाई सुविधा र ४८.८ मेगावाट विद्युत उत्पादन गरिने यो बहुउद्देश्यीय आयोजना हो । सुर्खेत, बाँके र बर्दिया जिल्लामा फैलएिको आयोजनाको प्रारम्भकि लागत १६ अर्व ४३ करोड रहेकोमा अहिलेसम्म धेरै पटक संशोधित गरी शतप्रतिशतभन्दा धेरै वृद्ध भइसकेको छ। हाल
संशोधित लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ पुगसिकेको छ । अहिलेसम्म यो आयोजनामा १८ अर्व ७७ करोड ४३ लाख रुपैयाँ खर्च भइसकेको छ । यो कुल लागतको ५६.५६ प्रतिशत हो । चालु आव २०८२/८३ मा १ खर्व ७५ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यसमध्ये ६८ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । अहिलेसम्मको कुल भौतकि प्रगति ६५.५० प्रतिशत रहेको छ ।
के के काम सम्पन्न भए ?
आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ । टनेल बोरिङ मेसनिको सफल प्रयोग गरी आयोजनाको १२.२० किलोमिटर सुरुङ निर्माण कार्य धेरै पहिले सम्पन्न भएको हो । बाँध तथा पावरहाउस संरचनाको सिभिल निर्माण कार्य अन्तर्गत कुल ६ वटा निर्माण गर्नु पर्नेछ । तिनिहरुको वभिन्नि चरणमा काम भइरहेको छ । हाइड्रोमेकानकिल ठेक्काअन्तर्गत मुख्य संचनाहरुको डिजाइन स्वीकृत भई फ्याब्रिकेशनमा रहेको छ । केही सामान भने आयोजना स्थलमा आइपुसगसकेका छन् । त्यस्तै ड्राफ्ट ट्युव, ट्रान्सफर्मर, स्वीच गियरलगायतका उपकरण फल्डिमा आइपुगेका छन् । इलेक्ट्रोमेकानिकल सम्वन्धी निर्माण उपकरण निर्माणस्थमा आइपुगसिकेको छ ।

विद्युत प्रशारण लाइनका सम्वन्धमा वस्तिृत सर्वेक्षण प्रतिवेदन तयार भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको लागि सहमति लिन वन तथा वातावरण मन्त्रालयमा फाइल प्रस्ताव गरिएको छ । ववई मान खोला डाइभर्सन सम्वन्धी कार्यको वस्तिृत अध्ययन कार्य सम्पन्न भइसकेको छ । सामाजकि विकास तथा वातावरणीय सुधार कार्यक्रमअन्तर्गत वभिन्नि प्रभावति क्षेत्रमा भएका माग र आवश्यकता अनुसार सिचाइ, खानेपानी तटवन्ध, स्वास्थ्य, सुरक्षा, शक्षिा लगायतका क्षेत्रमा काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको लासग आवश्यक २२.८९ हेक्टर जग्गामध्ये अहिलेसम्म १५.७९ हेक्टर आयोजनाले प्राप्त गरसिकेको छ । वाँकी प्राप्तिको प्रक्रियामा रहेको छ । इलेक्ट्रोमेकानकिल सम्वन्धी कामहरु पनि भइरहेका छन् । विद्युत प्रसारण लाइनसम्वन्धी वातावरणीय अध्ययन कार्य भइरहेको छ । वातावरणीय सुधार सामाजकि विकास तथा क्षमता अभविृिकिा कामहरू भइरहेका छन् । आयोजनाको सिञ्चित क्षेत्र तथा इन्टेक बचावट कार्यलाई निरन्तरता दिइएको छ । बबई मान खोला डाइभर्सन आयोजनाको वातावरणीय अध्ययन कार्य भइरहेको छ ।
आयोजनाका गर्न बाँकी काम के के छन् ?
हेडवक्र्स तथा पावरहाउसको सिभिल निर्माण कार्य सम्पन्न गर्न बाँकी रहेको छ । हाइड्रोमेकानिकल सम्वन्धी उपकरण आयात, निर्माण तथा जडान तथा परीक्षण कार्य सम्पन्न गर्नुपर्नेछ । इलेक्ट्रोमेकानिकल सम्बन्धी उपकरण आयात, निर्माण तथा जडान तथा परिक्षण कार्य पूरा गर्न बाँकी छ । यसैगरी आयोजना निर्माणको चालु तीन वटै ठेक्काका कार्य सुपरभजिनको लागि नयाँ परामर्श सेवा खरिद गर्नुपर्नेछ ।
विद्युत प्रसारण लाइन सम्बन्धी वातावरण अध्ययन र निर्माण सम्झौता गरी कार्य आरम्भ गर्नुपर्नेछ । आवश्यकता अनुसार अत्यावश्यक वातावरणीय सुधार, सामाजकि विकास तथा क्षमता अभविृद्धि कार्य गर्नुपर्नेछ । यसैगरी सञ्चिति क्षेत्र तथा तटबन्धन कार्य गर्न वाँकी छ । ववई मानखोला डाइभर्सन आयोजनाको निर्माण कार्य अघ िबढाउनुपर्नेछ । यसको वातावरणीय अध्ययन कार्य गर्न बाँकी छ । आयोजना सम्पन्न भएपछि विद्युत गृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी ढाँचा तयार गर्नुपर्नेछ । आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि टेस्टङि कमिसनिङु गर्नुपर्ने हुन्छ । (यो सामग्री हामीले कारोबार दैनिकबाट साभार गरेका हौँ) ।

प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार