सुर्खेत । सुर्खेतसहित कर्णाली प्रदेशका केही जिल्लामा शनिबार विहानदेखि अबरुद्ध भएको विद्युत सेवा ८ घण्टापछि पुन सञ्चालनमा आएको छ । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइनका दुई वटा पोल ढल्दा विद्युत अबरुद्ध भएको थियो ।

वीरेन्द्रनगर ६ काे रात्रीकालिन दृश्य।
१३२ केभीए विद्युत प्रसारण पुनः सञ्चालनमा ल्याउन महिनादिन भन्दा बढी समय लाग्ने भएपछि बैकल्पिक रुपमा कोहलपुर–सुर्खेत ३३ केभीए र कैलालीको लम्की–सुर्खेत ३३ केभीए प्रसारणलाइनबाट सेवा प्रवाह गरिएको हो ।
शनिबार दिनभर दुई वटै क्षेत्रमा मर्मत सम्हार गरेर साँझ ९ बजेतिर कर्णालीमा पुनः सञ्चालन भएको हो । यी दुइवटै लाइन ३३ केभीए भएका कारण लो–भोल्टेजमा विद्युत वितरण भइरहेको नेपाल विद्युत प्राधिरकण सुर्खेत वितरण केन्द्रले जनाएको छ । १३२ केभीए विद्युत प्रसारणलाईन सञ्चालन नहुँदासम्म कर्णालीमा लो–भोल्टेज र पटक–पटक लाइन अबरुद्ध हुन सक्ने सुर्खेत वितरण केन्द्रले जनाएको छ । लो–भोल्टेज र लाइन अबरुद्ध हुँदा हुने असुविधाप्रति वितरण केन्द्रले क्षमा मागेको छ ।

विद्युत लाइन लाएपछि उज्यालो देखिएको वीरेन्द्रनगर ६ काे रात्रीकालिन दृश्य ।
विहीबारको हावाहुरीका कारण रुख ढलेपछि १३२ केभीए विद्युत प्रसारणलाइनको चिसापानी नजिकै दुई वटा पोलहरुमा क्षति पुगेको थियो । विहीबार रुख ढले पनि सिंग्ललाइनबाट शनिबार विहानसम्म लाइन सञ्चालनमा थियो । रुख विद्युत प्रसारण लाइनमो अडिएको थियो । प्रसारणलाइनमा ढलेको रुख हटाउन खोज्दा रुखले दुई वटा पोल नै ढालेको कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण आयोजनाका प्रमुख रविकुमार चौधरीले बताए ।
ढलेका दुई वटा हाइटेन्सलन टावर मर्मत गर्न झण्डै साढे एक महिनासम्म लाग्न सक्ने आयोजनाले जनाएको छ । फाउण्डेशनबाट टावर निर्माण गर्नुपर्ने भएका कारण समय लाग्ने आयोजनाको भनाइ छ । टावर नबन्दासम्म बैकल्पिक रुपमा कैलाली र कोहलपुरमा प्रसारण हुने ३३ केभीए विद्युत सेवा प्रवाह हुने छ ।
प्रतिक्रिया दिनुहोस्