सुर्खेत । सुर्खेतकी १६ वर्षिय इनिसा विकका आरोपीहरुलाई पुर्पक्षका लागि सुधार गृहमा पठाउने निर्णय सदर भएको छ । उच्च अदालत सुर्खेतले आरोपीहरुलाई सुधार गृह पठाउने सुर्खेत जिल्ला अदालतको निर्णयलाई सदर गरेको हो ।
जिल्ला अदालतको निर्णय चित्त नबुझेको भन्दै आरोपी नाबालककाका तर्फबाट जिल्लाको निर्णय बदरको माग गर्दै उच्च अदालत पुगेका थिए । निवेदकको माग बमोजिम विहीबार भएको बहसपछि न्यायाधिश हरिप्रसाद जोशी र खेमराज भट्टको संयुक्त इजलासले जिल्ला अदालतकै निर्णयलाई सदर गर्ने निर्णय गरेको अदालत सुर्खेतका सूचना अधिकारी प्रेमप्रकाश थापाले जानकारी दिए ।

सुर्खेत जिल्ला अदालतले घटनामा संलग्न रहेको भन्दै मुख्य आरोपी सहित चारै जना नाबालकहरुलाई पुपक्षका लागि सुधार गृह पठाउने फैसला गरेको थियो । जिल्लाको अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै प्रतिवादीहरुले उच्च अदालत पुगेका थिए । प्रतिवादीहरुले दिएको निवेदन उपचर विहीबार बहस भएको थियो । बहस चलिरहदा इनिसाका आफन्तहरुले उच्च अदालत अगाडि नारा जुलुस गरेका थिए । गत फागुन २३ गते वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक बनमा अचेत अवस्थामा भेटिएकी इनिसाको सोही दिन मृत्यु भएको थियो । घटनापछि परिवार र आफन्तजनले सामूहिक बलात्कारपछि इनिसाको हत्या आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्