सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहदानी (सापपोर्ट) सेवाग्राहीको घरसम्मै पु¥याउने सुविधा उपलब्ध गराउने भएको छ । सेवाग्राहीको राहदानी घरमै पु¥याउन विहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेत र हुलाक निर्देशनालयबीच ९ बुँदे सहमति भएको छ । यो सम्झौतासँगै जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई हुलाक मार्फत राहदानी घरमै पु¥याउने भएको हो ।

यो सेवा लिन सेवाग्राहीले राहदानीको फारम भर्दा हुलाकमार्फत घरमै राहदानी बुझिलिनका लागि एउटा छुट्टै ‘मञ्जुरी फारम’ भर्नुपर्ने, आफ्नो घरको पहिचान खुल्ने लोकेशन दिनुपर्ने र यो शुल्कका लागि तोकिएको शुल्क तिर्नुपर्ने लगायतका काम गर्नुपर्ने छ ।
सेवा शुल्क माफत सेवाग्राहीले ३४ पेजको राहदानीका लागि ५५ रुपैयाँ र ६६ पेजको राहदानीका लागि ६५ रुपैयाँको हुलाक टिकट खाममा टाँसेर निवेदन दिनुपर्नेछ । यो सुविधासँगै राहदानी लिनकै लागि खर्च हुने समय, गाडी भाडा र होटल खर्चको बचत हुने छ ।
प्रतिक्रिया दिनुहोस्