२०८३ वैशाख ५ , शनिबार
कर्णालीका मुख्यमन्त्री भन्छन

‘प्रदेश अस्पताल व्यवस्थापनमा सुधार अपरिहार्य भइसक्यो’



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालको व्यवस्थापनमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् । सोमबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विगत देखि अस्पताल सेवाप्रति नागरिकको गुनासो बढ्दै गएको भन्दै अब गुनासो आउने अवस्थालाई पूर्णविराम लगाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कँडेलले अस्पताल परिसर बाहिर देखिने सौन्दर्यपूर्ण वातावरणजस्तै भित्र पनि अनुशासन, स्वच्छता र सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिएका छन्। उनले भने, “अस्पतालमा आउने बिरामी र नागरिकको पहिलो अपेक्षा भनेकै गुणस्तरीय सेवा हो। बाहिरी सौन्दर्य मात्र पर्याप्त हुँदैन, भित्र पनि व्यवस्थापनले त्यसको अनुभूति गराउनुपर्छ ।”


उनले अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति जिम्मेवार हुन आग्रह गरे। कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मीहरुले जनशक्ति अभाव, उपकरणको पर्याप्त प्रयोगमा कठिनाइ, औषधि आपूर्ति समस्या र पूर्वाधार विस्तारको आवश्यकता जस्ता विषय उठाएका थिए ।

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार