२०८३ साउन ११ , सोमबार
स्थानीय खबर

सुर्खेतकाे चुनावी समीक्षामा जुट्याे राप्रपा



राप्रपाले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा सातौं र अन्तिम प्रदेश स्तरीय समीक्षा गरेकाे छ ।

हालै सम्पन्न निर्वाचनको समीक्षा, पार्टीले लिनुपर्ने कार्यनीति, स्थानीय तहको निर्वाचन लगायतका विविध विषयमा छलफल भइ रहेकाे प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

केन्द्रीय सचिवालयको आयोजनामा भइरहेको समीक्षा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरू, जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्रका अध्यक्षहरू, गत निर्वाचनका उम्मेदवारहरू एवं जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागी छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार