सुर्खेत | सुर्खेत जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता मोतिराम शर्मा निर्वाचित भएका छन्।
उपाध्यक्षमा हस्तराज रेग्मी, सचिवमा खगेन्द्रबहादुर खनाल, सह–सचिवमा मंगलसेन सार्की र काेषाध्यक्षमा उपेन्द्रकुमार रावत चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा रत्नबहादुर भण्डारी, प्रकाशकुमार चन्द, डम्बरबहादुर थापा, नवराज चौलागाई, प्रेमबहादुर फडेरा, गजबहादुर केसी, सीता गौतम र लोकेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।

एशोसिएसनको पार्षद सदस्यका रूपमा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाहीसहित रामबाबु विसी र टोपबहादुर वली चयन भएका छन्। नयाँ नेतृत्वले सुर्खेतको कानुनी क्षेत्रको व्यावसायिक हकहित र न्याय सम्पादनमा रचनात्मक भूमिका खेल्ने विश्वास लिइएको छ।
प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार
प्रतिक्रिया दिनुहोस्