काठमाडौँ | नेपाली कांग्रेसले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काविरुद्धको स्पष्टीकरणलाई तामेलीमा राख्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई सोधिएको स्पष्टीकरणको अब कुनै औचित्य नरहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा यसअघि स्पष्टीकरण माग गरिएको थियो। तर, पछिल्लो बदलिँदो परिस्थितिमा उक्त स्पष्टीकरणलाई अगाडि बढाइरहन आवश्यक नदेखिएको समितिले जनाएको छ।

अनुशासन समितिले गत वैशाख २ गते खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर, सोही सम्बन्धमा वैशाख ४ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त स्पष्टीकरणको कानुनी र व्यावहारिक औचित्य समाप्त भएको समितिको तर्क छ। सोही फैसलालाई आधार मान्दै खड्काविरुद्धको उजुरी वा छानबिन प्रक्रियालाई हालका लागि अन्त्य गर्दै तामेलीमा राख्ने निर्णय गरिएको हो।
प्रतिक्रिया दिनुहोस्