सुर्खेत । कर्णाली प्रदेशसभाकाे बैठक आह्वान भएकाे छ । आगामी वैशाख २८ गते साेमबार दिउँसाे ३ बजे बस्ने गरी बैठक आह्वान भएकाे प्रदेशसभा सचिव डा. अर्जुनकुमार खड्काले जानकारी दिए ।
मंगलबार (आज) मात्रै कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठक बाेलाउनका लागि प्रदेश प्रमुख यज्ञराज जाेशी समक्ष सिफारिस गरेकाे थियाे । सरकारकाे सिफारिस अनुसार प्रदेश प्रमुख जाेशीले बैठक आह्वान गरेका हुन् ।

प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्