२०८३ साउन ११ , सोमबार
प्रदेश खबर

कर्णाली प्रदेश सभाको सचिवमा खड्का



सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयको सचिवालय डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन् । खड्कालाई सभामुख नन्दा गुरुङ्गले प्रदेशसभाको सचिवमा नियुक्त गरेकी हुन् ।
यसैबीच नवनियुक्त सचिव खड्काले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनले सभामुख गुरुङ समक्ष पद तथा गोपनियता सपथ लिएका हुन् ।

यसैबीच खड्काले मंगलबार नै पदभार ग्रहरण गरेका छन् । नेपाल सरकारका पूर्व सहसचिव समेत रहेका खड्का सिद्धिचरण नगरपालिका– ९ ओखलडुङ्गा स्थायी निवासी हुन् ।
संघीय संसद सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।


कानुन विषयमै विद्याबारिधी गरेका उनले सार्वजनिक प्रशासन विषयमा सिङ्गापुरको नेशनल युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् ।


नेपालको संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनी २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्तादिनसम्म प्रदेशसभामै बसेर वैठक सञ्चालनको सहजीकरण समेत गरेका थिए ।

प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार