
सुर्खेत । विद्याज्योति निकेतनले विद्यालय वीरेन्द्रनगर–११ का उदयराज देवकोटालाई ७ हजार ५ सय रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ । विद्यालयमा अध्ययनरत छात्राहरु छात्राहरु निरा शाह र रितु सिंहको बाढीमा बग्दै गर्दा उद्दार गरेका देवकोटालाई सम्मान गरिएको हो । गएको साउन १५ अविरल वर्षापछि आएको बाढीमा परेर शाह र सिंह खोलाले बगाउँदै गर्दा देवकोटाले उद्दार गरेका थिए । देवकोटाले वीरेन्द्रनगर–८ गौरीशंकरचोक नजिक नालाबाट डुबेर बगिरहको अवस्थामा छात्राहरुलाई उद्दार गरेका थिए । आइतबार विद्यालयले आयोजना गरेको तीज विशेष कार्यक्रममा उनलाई नगद सहित सम्मान गरिएको विद्यालयका प्रिन्सिपल धुर्व सिंह ठकुरीले जानकारी दिए ।
रितुका अभिभावक भुमिका चन्दले देवकोटालाई थप दुई हजार पाँच सय रुपैयाँ नगद प्रदान गरेको सिंहले बताए ।
वीरेन्द्रनगर–८, का वडाध्यक्ष टिकाराम शर्माको प्रमुख आथित्वतामा सम्पन्न कार्यक्रमको विशेष अतिथि नेशनल प्याब्सनकी केन्द्रीय सदस्य गायत्री राना, बहुमुखी सहकारी संस्थाका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सुर्खेतउद्योग बाणिज्य संघका अध्यक्ष एव सहकारीका सचिव हर्ष विक्रम खड्का, सहकारी सदस्य अमृता सुबेदी, ओम गौतम, लेखा सदस्य लिला शाही, शिक्षक अभिभावक संघका सदस्य, विद्यार्थीm अभिभावक र् शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्