सुर्खेत । ‘विश्वको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ कर्णाली केवल भूगोल मात्र होइन, यो त प्रकृति र संस्कृतिको अनुपम सङ्गम हो। भौगोलिक विकटता र प्रचारप्रसारको अभावमा केही समय ओझेलमा परे पनि अहिले कर्णाली बिस्तारै ‘विश्वकै भर्जिन गन्तव्य’ का रूपमा उदाउँदै छ। प्रदेश सरकारले १० वटै जिल्लाका १०१ पर्यटकीय क्षेत्र पहिचान गरी पर्यटन सर्किटको अवधारणामा काम सुरु गरेको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यहाँ पर्यटक आगमनमा १३.३४ प्रतिशतले वृद्धि हुनुले कर्णालीको आकर्षण बढ्दै गएको पुष्टि गर्छ।
कर्णालीको प्रवेशद्वार र पर्यटकीय हब
सुर्खेतको वीरेन्द्रनगर पुग्ने बित्तिकै एकै दिनमा धेरै प्रमुख स्थलहरूको अवलोकन गर्न सकिन्छ । राजी जातिको इतिहाससँग जोडिएको यो मन्दिर कर्णालीकै प्रमुख धार्मिक केन्द्र हो। बुलबुले ताल जाे ३० बिघामा फैलिएको यो तालमा पछिल्लो समय बोटिङ र पिकनिकको आकर्षण बढेको छ। काँक्रेविहार ‘दोस्रो लुम्बिनी’ का रूपमा परिचित यो १३औँ शताब्दीको पुरातात्विक संरचना हो। यहाँको उत्कृष्ट ढुङ्गे शिल्पकला हेर्न लायक छ।

प्राकृतिक र धार्मिक धरोहरहरू
कर्णाली प्राकृतिक र धार्मिक धराेहरकाे प्रदेश पनि हाे । जसमध्ये मुगुकाे रारा ताल एक हाे । स्वर्गकी अप्सरा’ भनिने यो नेपालकै सबैभन्दा ठूलो ताल हो, जसले दिनभरिमा सात पटक रङ्ग बदल्छ। डाेल्पाकाे शे-फोक्सुण्डो ३,६०० मिटर उचाइमा रहेको नीलो कञ्चन ताल र काञ्जिरोवा हिमालको काख, जहाँ हिउँचितुवाको समेत दर्शन हुन सक्छ। दैलेख पञ्चकोशी र ज्वाला हाे । जहाँ श्रीस्थान र नाभिस्थानमा अनादि कालदेखि बलिरहेको प्राकृतिक ग्यासको ज्वाला र ऐतिहासिक दुल्लु सभ्यता छ । कालिकोटमा पचाल झरना ३८१ मिटर अग्लो छ । यो झरना एसियाकै अग्लोमध्ये एक मानिन्छ। हुम्लामा पर्ने लिमी उपत्यका अाफैमा अर्काे एेतिहाँसिक जिल्ला हाे । ११ औँ शताब्दीको हल्जी गुम्बा र मानसरोबरको प्रत्यक्ष दर्शन पाइने ‘भर्जिन’ उपत्यकाका रूपमा चिनिन्छ ।
सल्यानमा पर्ने कुपिण्डे दह अर्काे पर्यटकीय गन्तव्य हाे । जसले वर्षमा तीन पटक रङ्ग बदल्ने अनौठो र सुन्दर ताल हाे । रुकुम पश्चिममा पर्ने स्यार्पु ताल अाफैमा अर्काे राम्राे अन्तव्य हाे ।डुङ्गा सयर र होमस्टेको मज्जा लिन सकिने ग्रामीण पर्यटकीय गन्तव्य मानिन्छ । जुम्लामा रहेकाे चन्दननाथ मन्दिर अर्काे पर्टकीय गन्तव्य हाे । ऐतिहासिक ५२ हाते लिङ्गो खडा गरिने धार्मिक शक्तिपीठ र सिंजा सभ्यताको मुहान। कर्णालीमा केवल प्राकृतिक दृश्य मात्र होइन, साहसिक खेल (बन्जी, र्याफ्टिङ, प्याराग्लाइडिङ) र कालिकोटको पिली जस्ता युद्ध पर्यटन क्षेत्रको समेत विकास भइरहेको छ। सरकारले यस वर्ष पर्यटनका लागि ४३ करोड बजेट विनियोजन गर्दै ‘गन्तव्य कर्णाली एप’ र गाइड बुकमार्फत पर्यटकलाई सहजीकरण गर्ने योजना ल्याएको छ।
प्रतिक्रिया दिनुहोस्