२०८३ वैशाख ५ , शनिबार

नेटवर्किङ ठगीका दुइ जना आरोपी कारागार चलान



 

सुर्खेत । सुर्खेतमा नेटवर्किङ व्यवसायमार्फत विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई पूर्पक्षका लागि कारागार पठाइएको छ । नेटवर्किङ व्यवसायमाफर्त ठगी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिका सञ्चालक डोटीको सायल गाउँपालिका–२ का नरेश बोहोरा र कञ्चनपुरको बेलडाँडी–१ की निर्मला धामीलाई थुनामा पठाउने आदेश गरेको छ भने अन्य ६ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ । अदालतले दार्चुलाका मनिषा सिंह, कृष्ण धामी, अछामका कमल शाही र रवीन्द्र शाही, बैतडीकी सुनिता साउद तथा डोटीकी कमला चिमाला घरौटीमा छाडुन आदेश दिएको छ । तर, धरौटीमा छाड्न आदेश पाएका विरुद्ध फेरि ठगी उजुरी परेपछि उनीहरू समेत कारागारमै रहने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढाथोकीले जानकारी दिएका छन् ।
स्काई ड्रिम इन्टरप्रेनर्सले रोजगारको प्रलोभन पारेर ठगी गरेको भन्दै ५१ जना पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनीहरुलाई प्रहरीले ६४ लाख रुपैयाँ विगो र कैद सजायको माग गर्दै साउन २७ गते जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन दर्ता बुझाएको थियो ।

प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार