२०८३ भदौ २९ , सोमबार
सामाजिक विकास मन्त्रालयको प्रगती

साढे २२ हजार नागरिकको स्वास्थ्य परीक्षण : रक्तचापका विरामी सबैभन्दा धेरै



सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक वर्षमा साढे २२ हजार बढी नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा प्र्रदेशभरका २२ हजार ७ सय ५१ जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।
मन्त्रालयले सल्यानका २ हजार ७३ जना, डोल्पाका १ हजार एक सय १६ जना, दैलेखका ४ हजार ८ सय ९२ जना, सुर्खेतका ३ हजार ४ सय ३७ जना, जाजरकोटका ४ हजार १ सय ३३ जना, हुम्लाका २ हजार १ सय १२ जना, मुगुका ७ सय ४७ जना र जुम्लाका ३ हजार २ सय ४१ जना नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।
स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचापका सबैभन्दा धेरै अर्थात २ हजार ५ सय ३६ जना विरामी भेटिएका छन् । मन्त्री भण्डारीका अनुसार सल्यानमा ४ सय ४९ जना, डोल्पामा ५० जना, दैलेखमा ४ सय २२ जना, सुर्खेतमा ८ सय ३५ जना, जाजरकोटमा २ सय ३५ जना, हुम्लामा ८३ जना, मुगुमा ९९ जना र जुम्लामा ३ सय ६१ जना उच्च रक्तचापका विरामी भेटिएका हुन् ।

गएको आर्थिक वर्षमा हुम्लाको नाम्खा र खार्पुनाथ गाउँपालिका, मुगुको मुगुमकार्मारोङ गाउँपालिका, जुम्लाको पातारासी र कनकासुन्दरी गाउँपालिका, दैलेखको डुंगेश्वर र भगवतीमाई गाउँपालिका, सुर्खेतको गुर्भाकोट नगरपालिका, सल्यानको कपुरकोट र कालिमाटी गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका र शिवालय गाउँपालिकामा पनि नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम गरेको थियो ।

त्यस्तै प्रदेशभर १ हजार ४ सय २८ जना मधुमेहका नयाँ विरामी भेटिएका छन् । जसमध्ये सल्यानमा १ सय ८७ जना, डोल्पामा ९ जना, दैलेखमा ३ सय ८९ जना, सुर्खेतमा ३ सय ७९ जना, जाजरकोटमा २ सय १५ जना, हुम्लामा ४० जना, मुगुमा १८ जना र जुम्लामा १ सय ९१ जना मधुमेहका विरामी भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै सल्यानमा १ सय २२ जना, डोपामा ९ जना, दैलेखमा २ सय २३ जना, सुर्खेतमा २ सय ७७ जना, जाजरकोटमा ६८ जना, हुम्लामा २७ जना, मुगुमा १२ जना र जुम्लामा ५६ जना गरेर प्रदेशभर ७ सय ९४ जना मृर्गाैलाका विरामी भेटिएका छन् ।
मन्त्रालयले गएको आर्थिक वर्षमा हुम्लाको नाम्खा र खार्पुनाथ गाउँपालिका, मुगुको मुगुमकार्मारोङ गाउँपालिका, जुम्लाको पातारासी र कनकासुन्दरी गाउँपालिकामा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम गरेको थियो ।


त्यस्तै दैलेखको डुंगेश्वर र भगवतीमाई गाउँपालिका, सुर्खेतको गुर्भाकोट नगरपालिका, सल्यानको कपुरकोट र कालिमाटी गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका र शिवालय गाउँपालिकामा पनि नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम गरेको थियो । नसर्ने रोगहरू र तिनका जोखिमहरूको समयमा नै पहिचान गरी उचीत परामर्श र उपचार सेवा दिई नागरिकहरूलाई स्वास्थ्य सेवाको दायरामा ल्याउनको लागि यो कार्यक्रम मन्त्रालयले सुरु गरेको हो ।
नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम चालु आर्थिक वर्षमा पनि जारी राख्ने मन्त्री भण्डारीले जानकारी दिए । यसका साथै चालु आर्थिक वर्षमा योग–ध्यान कार्यक्रमहरूको माध्यमबाट शारीरिक मजबुती र मानसिक शक्तिका लागि काम गर्न जिल्ला सदरमुकामहरूमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएका छन् । यी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न थप सुदृढीकरण कार्ययोजना सहित निरन्तरता दिइएको छ ।


हरेक वर्ष नसर्ने रोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह तथा दीर्घ श्वासप्रश्वास सम्बन्धी रोगको भार बढ्दै गइरहेको परिप्रेक्ष्यमा कर्णाली प्रदेशमा पनि त्यसको असर बढिरहेको भन्दै नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम लागू गरिएको मन्त्री भण्डारीको भनाइ छ । रोगको बढ्दो प्रकोप कम गर्न र उपचारमा लाग्ने आर्थिक व्ययभार कम गर्न समुदायस्तरसम्म पुगी समयमा नै रोगको पहिचान गरी प्रभावित जनसंख्यालाई उपचारको पहुँचमा ल्याउन तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गर्न अत्यावश्यक भएकोले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन छ ।
नसर्ने रोगहरू जस्तै उच्च रक्तचाप जाँच गर्ने, मधुमेह र मृगौलाको परीक्षण गर्ने तथा दीर्घ श्वासप्रश्वास सम्बन्धी रोगको समुदायस्तरमा नै पहिचान गरी उपचारमा नजिकको अस्पतालमा बिरामीलाई पठाउने र बिरामीलाई उपचारको दायरामा ल्याउनु र स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य छ ।

प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार