
सुर्खेत । आज कर्णाली र बागमतीमा भारी वर्षा तथा कोशी, मधेश र लुम्बिनीका तराईका भू–भागमा हवाहुरीको सम्भावना रहेछ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
त्यस्तै राति मधेश, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्