सुर्खेत । सुर्खेतका क्रियाशिल पत्रकार बुद्धि सिंह ठकुरीको निधन भएको छ । बुधबार हृदयघातका कारण उनको मृत्युृ भएको हो ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य एवं देउती एचडी टेलिभिजनका संस्थापक÷संचालक समेत थिए । ४१ वर्षीय पत्रकार ठकुरीको दिउँसो वीरेन्द्रनगर–३ स्थित आफ्नै निवासमा हृदयघातका भको थियो । स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि प्रदेश अस्पताल पु¥याएका थिए । तर अस्पतालले केही समयमै सिंहको मृत्यु भएको घोषणा गरेको थियो ।

विगत दुई दशकदेखि सुर्खेत र काठमाडौँलाई कार्यक्षेत्र बनाएर टेलिभिजन पत्रकारितामा सक्रिय ठकुरीको निधनले सुर्खेतको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले एक शोक विज्ञप्ति जारी गर्दै दिवंगत ठकुरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघका अध्यक्ष सुशील राज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘पत्रकार ठकुरीको निधनले सुर्खेतको पत्रकारितामा अपूरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित महासंघ गहिरो समवेदना व्यक्त गर्दछ ।’
ठकुरी सुर्खेतमा टेलिभिजन पत्रकारिताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वका रूपमा परिचित थिए । उनको निधनले सुर्खेतका सञ्चारकर्मी र आफन्तजनमा गहिरो चोट पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्