सुर्खेत । कर्णाली प्रदेश खेलकुदविकास परिषदका नवनियुक्त पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुले सोमबार परिषद्का अध्यक्ष एवम् सामाजिक विकास मन्त्री घनश्याम भण्डारीसमक्ष सपथ लिएका हुन् ।
परिषद्का उपाध्यक्षप्रमोद हमाल, सदस्य सचिव रवीन्द्र चन्द, सदस्यहरु पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही र किरणकिशोर सापकोटालो पद तथा गोपनीयताको सपथलिए काहुन् ।
परिषद्का पदाधिकारी तथा सदस्यहरु झण्डै एक वर्षदेखि रिक्त थिए । लामो समयसम्म परिषदका पदाधिकारीहरु रिक्त रहदा कर्णालीको खेलकुदका गतिविधिहरु हुन सकेको थिएन् । प्रदेश सरकारले खेलकुद विकास परिषद्का पदाधिकारी नियुक्त गर्न नसकेको भन्दै केही समयअघि संघीय सरकारले कर्णालीमा आयोजना गर्ने भनेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नै स्थगित गरेको थियो ।

परिषद्का पदाधिकारीहरु नियुक्त गर्न नसकेको चौतर्फी आलोचनापछि गएको विहीबार मात्रै प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले परिषदका पदाधिकारी तथा सदस्यहरुलाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्