सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी ‘कर्णाली समृद्धि महोत्सव-२०८१’ ले क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिमा नयाँ उर्जा थपेको छ। प्रादेशिक सांस्कृतिक, पर्यटन, कृषि र व्यापारलाई प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ रेडियो नेपालको प्राङ्गण, वीरेन्द्रनगर-९ मा सञ्चालन भइरहेको यो महोत्सवले स्थानीयदेखि राष्ट्रिय स्तरका प्रतिभाहरूलाई एउटै मञ्च प्रदान गरेको छ।
महोत्सवको आयोजक समितिले आज (सोमबार),का लागि एक विशेष सांस्कृतिक कार्यक्रमको घोषणा गरेको छ, जसले महोत्सवको रौनकतालाई अझै उचाईमा पु¥याउने अपेक्षा गरिएको छ। सो दिनको प्रमुख आकर्षणका रूपमा नेपालका लोकप्रिय गायक शिव परियार लगायत दर्जनौं स्थापित कलाकारहरूले आ-आफ्नो प्रस्तुति दिने निश्चित भएको छ। आयोजकका अनुसार, महोत्सवको यो विशेष दिनलाई अविस्मरणीय बनाउन प्राविधिक र सुरक्षात्मक तयारीलाई समेत अन्तिम रूप दिइसकिएको छ।

कार्यक्रमको मुख्य आकर्षण बहुचर्चित गायक शिव परियार रहेपनि महाेत्सवमा प्रख्यात कलाकारहरूले कला प्रदर्शन गर्नेछन्। ‘गायीका’ कला लम्साल, ‘गायक’ राजु के.सी. र सृर्जना परियारको सुमधुर गायकीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ। त्यसैगरी, दर्शकलाई झुमाउनका लागि ‘मोडल/डान्सर’द्वय मौसम बराल र लक्ष्मी गिरीको दमदार नृत्य प्रस्तुति रहनेछ। कार्यक्रमको सहज र प्रभावकारी सञ्चालनको जिम्मेवारी ‘गायक/उद्घोषक’ राजेश भण्डारीले सम्हाल्नेछन्, जसले कार्यक्रमलाई अझै जीवन्त बनाउनेछन्। गायनदेखि नृत्यसम्मका विभिन्न विधाका उत्कृष्ट प्रतिभाहरूलाई एउटै मञ्चमा भेला पारेर, महोत्सवले दर्शकहरूलाई पूर्ण मनोरञ्जनको प्याकेज दिने प्रयास गरेको छ। यसले महोत्सवको सांगीतिक आकर्षणलाई मात्र नभई समग्र ‘कर्णाली समृद्धि’को सन्देशलाई पनि जनस्तरमा पु¥याउन मद्दत गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्