सुर्खेत । इनिसा विक मृत्यु प्रकरणका मुख्य अभियुक्तले इनिसालाई मार्ने आफ्नो योजना नभएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा मुख्य अभियुक्तले इनिसालाई धेरै माया गर्ने गरेको बताएका छन् । उनले करिब ४ वर्षअघि स्कुलबाट सुरु भएको चिनजान प्रेम सम्बन्धमा बदलिएको र सोही क्रममा भएको एउटा भेट नै किशोरीको अन्त्यको कारण बनेको स्वीकार गरेका छन् ।
फागुन २२ गते आफूले ’ह्वाट्स एप’ इनिसासँग भेट्ने प्रस्ताव राखेको बताए छन् । सोही बखत इनिसालचुरा र गजरा मागेपछि उनले घरमै केरा, बिस्कुट र चकलेट मिसाएर केक बनाए र बजारबाट चुरा–गजरा किनेर तयार पारेको समेत बताएका छन् । फागुन २३ गते बिहान ५ः३० बजे नै उनीहरूबीच भेट भई उनीहरू वीरेन्द्रनगरको एकान्त जङ्गलतर्फ लागेका थिए ।
जनजागरण सामुदायिक वनको एकान्त स्थानमा पुगेपछि उनीहरूबीच शारीरिक सम्बन्ध भएको बयानमा बताएका छन् । अभियुक्तका अनुसार, सम्बन्ध राखेको केही मिनेटमै किशोरीले खोक्न सुरु गरेकी थिइन् । त्यसलगत्तै उनको योनिबाट अत्यधिक मात्रामा रगत बग्न थाल्यो । रक्तश्रावका कारण किशोरीका कपडा र अभियुक्तका कपडासमेत भिजेका थिए ।रगत धेरै बगेपछि किशोरीलाई रिँगटा लागेर ढलेकी थिइन् । अभियुक्तले बयानमा भनेका छन् “मैले उनलाई सम्झाउने कोसिस गरेँ, तर उनले बोल्न छोडिन् ।’ त्यसपछि उनले आफ्ना साथीहरूलाई फोन गरेर सहयोग मागे बताएका छन् । उनले किशोरीको रगत लागेको कपडा खोलेर झोलामा राखी सफा कपडा लगाइदिएको र साथीहरू आएपछि मात्र गाउँले र प्रहरीलाई खबर गरेको बताएका छन् ।
गाउँले र प्रहरी घटनास्थल पुग्दा किशोरी अचेत अवस्थामा थिइन् । अभियुक्तले आफू पनि त्यहीँ बेहोस भएर ढलेको र पछि प्रदेश अस्पताल सुर्खेतमा उपचारपछि प्रहरी नियन्त्रणमा पुगेको बताएका छन् । यो बयानले प्रेम, शारीरिक सम्बन्ध र त्यसपछि उत्पन्न भएको गम्भीर शारीरिक जटिलता नै किशोरीको मृत्युको कारण बनेको पुष्टि गर्दछ ।
जिल्ला सरकारी वकिलकाे कार्यालयलाइ मुख्य अभियुक्तले दिएकाे बयान ।




प्रतिक्रिया दिनुहोस्