२०८३ वैशाख ५ , शनिबार
वालेन्द्र शाहको मन्त्रिपरिषद्‌मा कर्णाली 'शून्य'

१२ सिटको भरोसा, तर प्रतिनिधित्वमा उपेक्षा



सुर्खेत । सङ्घीय राजधानी काठमाडौँमा वालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्‌ गठन भएको छ। तर, विडम्बना! फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उल्लेख्य मत दिएको कर्णाली प्रदेशबाट यसपटक एक जना पनि मन्त्री बन्न सकेनन्। यो मन्त्रिपरिषद्‌को संरचना हेर्दा बागमती र गण्डकी प्रदेशको भारी वर्चस्व देखिन्छ भने कर्णाली पूर्ण रूपमा उपेक्षामा परेको छ।

गएको निर्वाचनमा कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत क्षेत्र नं. २ बाट मात्रै रास्वपाले प्रत्यक्षतर्फ जित हासिल गरेको थियो। समानुपातिकतर्फ भने कर्णालीमा रास्वपा ‘दोस्रो शक्ति’ का रूपमा उदाएको थियो। तर समानुपातिकमा दोस्रो शक्ति हुँदाहुँदै पनि रास्वपाले कर्णालीबाट एक जनालाई पनि समानुपातिक सांसद बनाउन सकेन।

सुर्खेतमा जन्मिएर सङ्घर्ष गरेकी सीता बादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री त बनिन्, तर उनलाई रास्वपाले काठमाडौँको समानुपातिक सूचीबाट सांसद बनाएकाले उनको प्रतिनिधित्व ‘काठमाडौँ’ कै कोटामा सीमित हुन पुग्यो। यसले गर्दा कर्णालीको ‘स्वत्व’ मन्त्रिपरिषद्‌मा जोडिन सकेन।

नयाँ सरकारमा बागमती प्रदेशबाट मात्रै ६ जना मन्त्री बनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह आफैँ काठमाडौँ निवासी हुन् भने सोबिता गौतम (कानुन), शिशिर खनाल (परराष्ट्र), विराजभक्त श्रेष्ठ (ऊर्जा), सस्मित पोखरेल (शिक्षा/खेलकुद) र विक्रम तिमिल्सिना (सञ्चार) सबै बागमतीकै हुन्।

त्यस्तै, गण्डकी प्रदेशले देशका तीन शक्तिशाली मन्त्रालय पाएको छ । जसमा स्वर्णिम वाग्ले अर्थमन्त्री (तनहुँ–१), सुधन गुरुङ गृहमन्त्री (गोरखा–१) र खडकराज पौडेल पर्यटन मन्त्री (कास्की–१) बनेका छन् ।

कर्णाली शून्य हुँदा अन्य प्रदेशबाट भने ‘एकल’ प्रतिनिधित्व देखिएको छ । जसमा लुम्बिनीबाट सुनिल लम्साल (भौतिक पूर्वाधार), कोशीबाट निशा मेहता (स्वास्थ्य), मधेशबाट दीपककुमार साह (श्रम) र सुदूरपश्चिमबाट प्रतिभा रावल र गीता चौधरी (२ मन्त्री) बनेका छन् ।

जेन-जी आन्दोलन र नयाँ राजनीतिक लहरका क्रममा कर्णालीका युवाहरूले परिवर्तनको पक्षमा ठूलो मतदान गरेका थिए। प्रत्यक्षमा एक सिट र समानुपातिकमा दोस्रो स्थान दिलाउँदा पनि मन्त्रिपरिषद्‌को निर्माणमा कर्णालीलाई ‘भोट बैंक’ मात्र बनाइनुले प्रदेशबासीमा निराशा पैदा गरेको छ। सुर्खेतकी छोरी सीता बादी मन्त्री बन्नु व्यक्तिगत रूपमा खुसीको कुरा भए पनि प्राविधिक रूपमा उनलाई ‘काठ

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार