२०८३ वैशाख ५ , शनिबार
एनएमबि बैंकको सामाजिक उत्तरदायित्व

भेरीगङ्गामा अपाङ्गता भएकाहरूलाई सहायक सामग्री वितरण



सुर्खेत । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहारा प्रदान  गरेको छ। सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालित ‘अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम’ मार्फत ह्वीलचेयर, एल्बो क्रचेस लगायतका अत्यावश्यक सहायक सामग्रीहरू वितरण गरिएको हो। यो पहलले शारीरिक रूपमा चुनौतीपूर्ण जीवन बिताइरहेका नागरिकहरूको दैनिक जीवनमा सहजता ल्याउने विश्वास गरिएको छ।

बैंकले यस पवित्र कार्यका लागि आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ। उक्त रकमबाट खरिद गरिएका विभिन्न सहायक सामग्रीहरू लक्षित वर्गसम्म पुर्‍याइएको हो ।

कार्यक्रम भेरीगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक सुमन सुबेदी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार