२०८३ साउन १२ , मंगलबार
कर्णाली समृद्धि महोत्सव 

आज सत्य-स्वरुपदेखि टिका पुनसम्मको प्रस्तुति



सुर्खेतको वीरेन्द्रनगरमा जारी ‘कर्णाली समृद्धि महोत्सव २०८२’ ले साङ्गीतिक उचाइ लिइरहेको छ। महोत्सवको तेस्रो दिन अर्थात् भोलि चैत १३ गते शुक्रबार, नेपाली सङ्गीत आकाशका ‘लिजेण्ड’ कलाकारहरूले वीरेन्द्रनगरको मञ्च तताउने भएका छन्।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको आयोजनामा रेडियो नेपालको परिसर (वीरेन्द्रनगर–१) मा भइरहेको यो महोत्सवमा भोलिको दिनलाई ‘विशेष साङ्गीतिक महाकुम्भ’ को रूपमा हेरिएको छ।महोत्सवमा दर्शकलाई साङ्गीतिक रसले भिजाउन र मनोरञ्जन दिलाउन निम्न कलाकारहरू आउने पक्का भएको छ । जसमा  नेपाली सुगम सङ्गीतका धरोहर सत्यराज आचार्य र स्वरूपराज ‘आचार्य दाजुभाइ’ को विशेष प्रस्तुति भोलिको मुख्य आकर्षण रहनेछ। उनीहरूका कालजयी गीतहरूले सुर्खेतको माहोललाई भावनात्मक र साङ्गीतिक बनाउनेछ।

लोक दोहोरीकी चर्चित गायिका टिका पुनले आफ्ना सुमधुर मौलिक भाकाहरू मार्फत दर्शकलाई झुमाउनेछिन्। मोडल/उद्घोषकचिरञ्जीवी सापकोटा  बहुप्रतिभाशाली कलाकार आफ्नो उद्घोषण र प्रस्तुतिले मञ्चको रौनक बढाउने अायाेजकले जनाएकाे छ ।  आफ्नो विशिष्ट नृत्य शैलीका कारण सामाजिक सञ्जालमा छाएका मगर यामुले मञ्चमा धमाकेदार प्रस्तुति दिनेछन्।

महोत्सवलाई सभ्य र भव्य बनाउन अव्यन्ता मल्टि-प्रपोज प्रालि र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सुर्खेतले कडा मेहनत गरिरहेका छन्। साथै, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगर कृषि शाखा जस्ता संस्थाहरूले पनि यसलाई सफल बनाउन सहकार्य गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार