२०८३ वैशाख ५ , शनिबार
कर्णाली समृद्धि महोत्सवमा आजको धमाका

हिमाल सागरदेखि शान्तिश्री परियारसम्मकाे प्रस्तुति



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी ‘कर्णाली समृद्धि महोत्सव २०८२’ को रौनक दिन प्रतिदिन बढ्दो छ। महोत्सवको विशेष आकर्षणको रूपमा आज चैत १२ गते बिहीबार, नेपाली साङ्गीतिक क्षेत्रका चर्चित र ख्यातिप्राप्त कलाकारहरूले वीरेन्द्रनगरको मञ्च तताउँदै छन्।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको आयोजनामा रेडियो नेपालको परिसर (वीरेन्द्रनगर–१) मा भइरहेको यो महोत्सवमा आजको दिनलाई ‘विशेष साङ्गीतिक उत्सव’ को रूपमा हेरिएको छ।

आजका मुख्य आकर्षणहरूमा विभिन्न राष्ट्रिय स्तरका कालाकारहरूकाे बेजाेड प्रस्तुति रहेकाे छ । जसमा चर्चित पप तथा आधुनिक गायक हिमाल सागरले आफ्ना सुपरहिट गीतहरू मार्फत दर्शकलाई नचाउनेछन्। त्यस्तै पछिल्लो समयकी सर्वाधिक रुचाइएकी लोकगायिका शान्तिश्री परियारको स्वरमा झुम्ने अवसर छ । आफ्नो अभिनय र नृत्यले चर्चा बटुलेका मोडल चन्द्र मन्दिरले मञ्चमा आफ्नै शैलीको प्रस्तुति दिनेछन् भने  लोकदोहोरी क्षेत्रका उदयमान गायक सुकदेव अधिकारीको मौलिक प्रस्तुतिले पनि आजको महोत्सवलाई थप उचाइ दिनेछ।

महोत्सवमा साङ्गीतिक कार्यक्रम मात्र नभई स्थानीय हस्तकला, अर्गानिक खाद्यान्न र व्यापारिक स्टलहरूमा पनि दर्शकको बाक्लो उपस्थिति रहेको छ। आयोजकका अनुसार, आज विशेष बिदा (चैते दशैँ) समेत परेकाले महोत्सवमा हजारौँ दर्शकको घुइँचो लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार