२०८३ साउन १२ , मंगलबार
स्थानीय खबर

कर्णालीमा आज सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले आज चैत १२ गते बिहीबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। चैते दशैँ (चैत शुक्ल अष्टमी) को पावन अवसरमा प्रदेश सरकारले यो निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार, वि.सं. २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम आज प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थान तथा शिक्षण संस्थाहरूमा बिदा रहनेछ।

आजको दिन कर्णालीका लागि केवल धार्मिक हिसाबले मात्र होइन, कृषि र परम्पराका दृष्टिले पनि निकै महत्त्वपूर्ण छ। विशेषगरी जुम्ला जिल्लामा भोलि ‘मार्सी धान दिवस’ (बारुवाँ) मनाइँदैछ। जुम्लाका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा यो विशेष स्थानीय पर्वका लागि समेत बिदा दिइएको छ। कर्णालीको पहिचानसँग जोडिएको प्रसिद्ध ‘काली मार्सी’ धानको खेती प्रक्रिया भोलिदेखि नै विधिवत रूपमा सुरु हुने गर्दछ । चैत १२ गते (बारुवाँ) का दिन खोला वा नदी किनारमा भिजाएर राखिएको मार्सीको बीउलाई घरमा ल्याइन्छ। उक्त बीउलाई चुल्हो नजिक न्यानो ठाउँमा राखी ‘तताउने’ गरिन्छ, जसले गर्दा बीउमा छिटो टुसा निस्कियोस्। टुसा निस्किएपछि मात्र उक्त बीउलाई आली (ब्याड) मा छर्न योग्य मानिन्छ। यही प्राचीन र मौलिक कृषि संस्कृतिको सम्मान स्वरूप प्रदेश सरकारले जुम्लामा विशेष महत्त्वका साथ यो बिदाको व्यवस्था गरेको हो।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार