
सुर्खेत । हुम्लाको पिप्लाङ स्वास्थ्य चौकीमा एक जना गर्भवतीले जुम्ल्याहा शिशु जन्माएकी छिन् । चङ्खेली गाउँँपालिका– ६ को मेल्छाम गाउँकी १७ वर्षकी सीता बुढाले जुम्ल्याहा शिशु जन्माएकी हुन् । यद्यपी ती दुबै शिशु मृत अवस्थामा जन्मिएको मेल्छाम स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले जानकारी दिए ।
उनका अनुसार समयमै स्वास्थ्य संस्था लिन नपाएको र गर्भमा जुम्ल्याहा रहेको थाहा नपाउँदा दुबै शिशु मृत अवस्था जन्मिएका हुन् । सीतालाई दुई दिनअघि सुत्केरी बेथा लागेको थियो । बेथा लागेको लामो समयसम्म बच्चा नजन्मिएपछि परिवारले उनलाई मेल्छाम स्वास्थ्य चौकी पु¥याएका थिए । स्वास्थ्य चौकीमा पनि दक्ष जनशक्ति र उपकरणको नभएपछि उनलाई परिवारले गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्य चौकीमा पु¥याएका थिए । त्यहाँ पनि सहज रुपमा सुत्केरी बनाउन सक्ने अवस्था नभएपछि उनलाई जिल्ला अस्पताल वा हेलिकोप्टरमा सुर्खेत लैजाने तयारी भएको थियो । त्यति नै बेला स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले गर्भवतीलाई सुत्केरी गराउन सफल भएका थिए । तर जन्मिएका दुबै शिशु मृत अवस्थामा थिए ।
प्रतिक्रिया दिनुहोस्