सुर्खेत । नेपाल विद्युत् प्राधिकरण, सुर्खेत वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकहरूमाथि कडा कानुनी डण्डा चलाउने तयारी गरेको छ। सोमबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले बक्यौता रकम भुक्तानीका लागि अन्तिम ७ दिने ‘डेडलाइन’ तोकेको हो। यो कदमले सरकारी राजस्व असुलीमा देखिएको शिथिलतालाई चिर्ने र विद्युतको न्यायोचित वितरणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।

प्राधिकरणको आन्तरिक लेखाजोखा अनुसार सुर्खेत वितरण केन्द्र अन्तर्गत मात्रै ७८२ जना यस्ता ग्राहक छन्, जसले ४ महिनाभन्दा बढी समयदेखि महसुल बुझाएका छैनन्। तथ्याङ्कका अनुसार ४ महिनाभन्दा बढी अवधिको बक्यौता रहेकाे, १० हजार रुपैयाँभन्दा बढी विद्युत महसुल शुक्ल पुगेका ७८२ जना (व्यक्तिगत तथा व्यावसायिक दुवै) का लाइन काट्ने तयारी छ ।
प्राधिकरणले स्पष्ट शब्दमा भनेको छ— “यदि यो सूचना जारी भएको ७ दिनभित्र बक्यौता रकम भुक्तानी नगरेको खण्डमा नियमानुसार विद्युत् लाइन काटिनेछ।” लाइन काटिएपछि पनि रकम असुली नभएमा थप कानुनी प्रक्रिया अगाडि बढाइने र बाँकी बक्यौता सरकारी बाँकी सरह असुलउपर गरिने प्राधिकरणको रणनीति छ।
प्रतिक्रिया दिनुहोस्