महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन नेपाली सांगीतिक तथा चलचित्र क्षेत्रका हस्तीहरूको उपस्थिति रहने भएको छ। महोत्सवमा चर्चित नायकहरू पल शाह, विराज भट्ट र सुशील श्रेष्ठका साथै चर्चित नायिका सुपुष्पा भट्ट र मोडल अञ्जली अधिकारीको विशेष प्रस्तुति रहनेछ। सांगीतिक क्षेत्रका स्थापित हस्तीहरू राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, स्वरूपराज आचार्य र सत्यराज आचार्यले सुर्खेतको मञ्च तताउने छन्। यस्तै, लोक दोहोरीका लोकप्रिय स्वरहरू बद्री पंगेनी, पशुपति शर्मा, टीका पुन, शान्तिश्री परियार र सम्झना लामिछाने मगरको समेत सहभागिता रहने निश्चित भएको छ।

पप र आधुनिक गायनतर्फ आस्था राउत, ज्योति मगर, रचना रिमाल र रचना जस्ता चर्चित गायिकाहरूले दर्शकलाई झुमाउने छन् भने ¥यापर व्याेमा र ‘द फिरेन्ते’ व्याण्डको विशेष सांगीतिक धमाका पनि महोत्सवको मुख्य आकर्षण हुनेछ। स्थानीय तथा राष्ट्रियस्तरका गरी झण्डै ५० भन्दा बढी कलाकारहरूको सहभागिता रहने यस मेलामा सिन्धुली कला केन्द्रको पञ्चेबाजा समूहले सांस्कृतिक रौनकता थप्नेछ। वीरेन्द्रनगर–९ स्थित रेडियो नेपालको परिसरमा आयोजना हुने यस महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक स्टलहरू र बाल उद्यानका साथै प्याराग्लाइडिङ जस्ता साहसिक गतिविधिहरू समेत समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस्