सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा हराइ रहेका सुर्खेतका टोपबहादुर खत्रीको शव भेटिएको छ । १७ दिनदेखि निकुञ्जमा खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्र रातामाटामा उनको शब भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीले जानकारी दिए ।
प्रहरीले अब कानुनी प्रक्रिया अघि बढाएर घटनाको छानबिन गर्ने जनाएको छ । उनको खोजीका लागि सुर्खेत प्रहरी, इलाका प्रहरी कार्यालय भूरिगाउँ, निकुञ्ज र नेपाली सेनाको टोली खटिएको थियो । गएको फागुन २३ गते उनी सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्जमा गएका थिए ।

सांकेतिक तस्विर
उनीसँगै शिकार खेल्न गएका बराहताल–१ का रेशम समसेली, रबिलाल दमाई, रामबहादुर घर्ती, सुनिल समसेली भने सोही दिन राती घर घर फर्किएर फरार भएका छन् । उनीहरूले टोपबहादुरको जंगलमै मृत्यु भएको खबर परिवारलाई सुनाएका थिए । तर यो कुरा कसैलाई नभन्नु भन्दै सोही दिन भारततर्फ फरारको बुझिएको छ ।
यद्यपी खत्रीको मृत्यु के कति कारणले भएको हो भन्ने अझै एकीन हुन सकेको छैन । सँगै शिकार खेल्न गएका साथीहरु फरार भएको र खत्रीको मृत्यु भएका कारण घटना रहस्यमय देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्