सुर्खेत । कर्णाली प्रदेशमा बाजा, गीत, नृत्य र नाट्य क्षेत्रको संरक्षणमा तीन दशकदेखि अनवरत क्रियाशील ‘वागीना समूह’ सुर्खेतको ३०औँ साधारण सभा तथा १५औँ अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। स्थापनाकालदेखि नै मौलिक कलाको जगेर्ना गर्दै आएको यस संस्थाले आगामी कार्यकालका लागि गणेश बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
सांस्कृतिक आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यका साथ भएको यस अधिवेशनले कलाका विभिन्न विधालाई छुट्टाछुट्टै विभागमार्फत अघि बढाउने रणनीति समेत अख्तियार गरेको छ।
अधिवेशनले अध्यक्षमा गणेश बस्नेत, उपाध्यक्षद्वयमा सीता भण्डारी र खिमराज बस्याल, सचिवमा भानुभक्त अधिकारी, कोषाध्यक्षमा मिनप्रसाद सुवेदी र सह-सचिवमा प्रकाश शाहीलाइ सर्वसम्मत रूपमा चयन गरेकाे छ । त्यस्तै, कार्यसमिति सदस्यहरूमा प्रकाश (दिपक) नेपाली, मनु मन्दिर, लक्ष्मी खड्का, धर्मराज गिरी, देवराज गिरी, शेर ब. आचार्य, कमला पौडेल, अनन्त तिमिल्सेना र बल बहादुर सोति मगर चयन हुनुभएको छ।

वागीनाले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी बनाउन ‘विभागीय’ संरचनालाई पनि पूर्णता दिएको छ । जसमा नृत्य विभागमा कुलमान नेपालीलाइ (निर्देशक), सुनिल दत्त रेग्मी (प्रमुख), र जनक तारामी (उप-प्रमुख), गीत संगीत विभागमा यज्ञ कु. गिरी (निर्देशक), खम्बराज गिरी (प्रमुख), र ज्ञान ब. नेपाली (उप-प्रमुख) र नाट्य विभागमा उमालाल आचार्य (निर्देशक) र मिन प्रसाद सुवेदी (प्रमुख) जिम्मेवारी दिइएकाे छ ।
संस्थालाई अनुभवी अभिभावकत्व प्रदान गर्न एक मजबुत सल्लाहकार समिति समेत मनोनित गरिएको छ। जसमा गंगा बहादुर के.सी. लाई संरक्षक सल्लाहकारको जिम्मेवारी दिइएको छ। वरिष्ठ सल्लाहकारहरूमा प्रेमदेव गिरी, भिमबहादुर कार्की, ध्रुवकुमार श्रेष्ठ, कुलमान नेपाली, यज्ञ गिरी र गोबिन्द कोइराला रहनुभएको छ। यस्तै, सल्लाहकारहरूमा मन्जु मेदासी (शाह), प्रेम प्रकाश खड्का, खम्बराज गिरी, डिल बहादुर गुरुङ, सुन्दरमान श्रेष्ठ र श्याम भण्डारी चयन हुनुभएको छ।
प्रतिक्रिया दिनुहोस्