
सुर्खेत । सुर्खेतमा एकै दिन ६१ पिन्ट रगत संकलन भएको छ । ओम शान्ति (ब्रह्मा कुमारी एवं समाज सेवा प्रभाग)ले शुक्रबार सुर्खेतमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको हो । विश्व बन्धुत्व दिवस एवम् राजयोगिनी दादी प्रकाशमणिको १८ औं पूण्यतिथिको अवसर पारेर आयोजना गरिएको विशाल रक्तदान शिविर कार्यक्रममा एकै पटक यति धेरै रगत संकलन भएको हो ।

पछिल्लो समय आम नागरिकमा रक्तदान गर्नुपर्छ भन्ने चेतनाको विकास भएका कारण एकै दिन यतिधेरै रगत संकलन सम्भव भएको नेपाल स्वयमसेवी रक्तदाता समाज सुुर्खेत शाकाका सस्थापक अध्यक्ष प्रवाशकुमार शाक्यले जानकारी दिए । कर्णाली प्रदेशमै सर्वाधिक अर्थात ८८ आँै पटक रक्तदान गरिसकेका शाक्यले रक्तदान गर्दा आफ्नो शरिरलाई पनि फाइदा हुन्छ र कसैको जीवन बचाउन सकिन्छ चेतना बढ्दै गएका कारण सुर्खेतमा रक्तदाताहरु बढ्दै गएको बताए ।
नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखा र नेपाल स्वयमसेवी रक्तदाता समाजसँगको समन्वयमा ओम शान्तिमार्गमा विशाल रक्तदान शिविर आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा विभिन्न वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र विभिन्न रक्तदाता स्वयमसेवीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्