विश्वभर मनाइँदै गरिएको ‘ग्लोबल मनी सप्ताह’ को अवसर पारेर वीरेन्द्रनगरमा विद्यार्थी लक्षित वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय सुर्खेतको आयोजनामा भएको यस कार्यक्रमले भोलिका कर्णधार मानिने विद्यार्थीहरूलाई आधुनिक बैंकिङ प्रणाली र वित्तीय व्यवस्थापनबारे दीक्षित गराउने लक्ष्य राखेको छ। प्रविधिको बढ्दो प्रयोगसँगै बैंकिङ क्षेत्रमा आएका परिवर्तन र यसका चुनौतीहरूलाई बुझ्न यो कार्यक्रम एउटा महत्वपूर्ण कडी सावित भएको छ।
कार्यक्रममा वीरेन्द्रनगरका प्रमुख शैक्षिक संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। जसमा श्रीकृष्ण संस्कृत उच्च मावि, इत्राम, भैरव उच्च मावि, एसओएस हर्मन माइनर र साउथ एसियन स्कलर्स स्कुलका विद्यार्थीहरूले वित्तीय साक्षरतालाई केवल सैद्धान्तिक ज्ञानका रूपमा मात्र नभई व्यावहारिक जीवनको अनिवार्य हिस्साका रूपमा बुझ्ने अवसर पाएका छन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक सागर मालाकारले प्रस्तुत गरेको कार्यपत्र रहेको थियो। उनले मोबाइल बैंकिङ र डिजिटल भुक्तानीका फाइदाहरू, हाल बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गरिरहेका सुविधाहरू, अनलाइन ठगी (Cyber Fraud) र प्राविधिक समस्याहरू र समस्या परेको खण्डमा उजुरी गर्ने प्रक्रिया र समाधानका कानुनी मार्गहरू।
विद्यार्थी अवस्थादेखि नै पैसाको सही परिचालन, बचतको महत्व र सुरक्षित बैंकिङबारे ज्ञान दिनुले भविष्यमा वित्तीय अनुशासन कायम गर्न मद्दत पुग्छ। राष्ट्र बैंकको यो पहलले सुर्खेतका विद्यार्थीहरूलाई केवल ‘नगद’ को कारोबारमा मात्र होइन, बरु ‘डिजिटल वालेट’ र वित्तीय सुरक्षाको दुनियाँमा पनि सचेत गराएको छ।
प्रतिक्रिया दिनुहोस्