सुर्खेत । कर्णाली प्रदेश खेलकुद ऐन २०७६ संशोधन हुने भएको छ । ऐनमा कर्णाली प्रदेश खेलकुद् विकास परिषद्को सदस्य सचिवको सेवा सुविधा लगायतका विषयहरु थप्नुपर्ने भएका कारण सरकारले संशोधन विधेयक ससदमा लिएको हो ।

विहीबार बसेको प्रदेशसभा बैठकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधनका लागि विधेयक संसदमा टेबुल गरेका हुन् । मन्त्री भण्डारीले ऐनमा अस्पष्ट रहेका विषय बस्तुलाई स्पष्ट पार्न र समयानुकुल संशोधन गर्नका लागि विधेयक संसदमा पेश गरेको बताए ।
प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्