२०८३ साउन ११ , सोमबार
असुरक्षित यौन सम्बन्धको इफेक्ट

बढ्दैछन् हुम्ला किशोरी आमा, सल्यानका असुरक्षित गर्वपतन



असुरक्षित यौन सम्बन्ध राख्ने र कलिलै उमेरमा गरिने विवाहका कारण महिलाहरुले स्वास्थमाथि गम्भीर लाप्रवाही गर्ने गरेका हुन् । श्रीमान वा पुरुष साथीको दवावलाई नकार्न नसक्दा असुरक्षित यौन सम्बन्ध राख्नु बाध्य हुने गरेका छन् । यी दुई कारणले गर्दा सल्यानमा असुरक्षित गर्भवपनको दर बढ्दो छ भने हुम्लामा किशोरी आमा बढ्नेहरु बढ्दै गएका छन् ।

सुर्खेत ।
घटना : १
सल्यानमा आर्थिक वर्ष २०८१/८२ मा जिल्ला ३ सय ११ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षमुनिका ११ र २० वर्षमाथिका तीन सय जना महिलाले सुरक्षित गर्भपतन गराएका हुन् ।
घटनाः २
दुई दिन अघि चङ्खेली गाउँपालिका– ६ की १९ वर्षीया सदिक्षा शाहीले प्रसुती गृहमा पाँच दशमलव तीन किलोग्रामको शिशु जन्म दिइन । चङ्खेली गाउँपालिका– ६ को मेल्छाम स्वास्थ्य चौकीका संयोजक हर्क बुढाका अनुसार हरेक दुई महिनामा २० वर्ष मुनिका एक जना सुत्केरी हुने गरेका छन् ।

उल्लेखित दुई घटनाले असावधानीका कारण महिलाहरुले आफ्नो स्वास्थ्यमाथि आफैले गम्भीर लाप्रवाही गर्दै आएको भेटिएको छ । असुरक्षित यौन सम्बन्ध राख्ने र कलिलै उमेरमा गरिने बालविवाहका कारण महिलाहरुले स्वास्थमाथि गम्भीर लाप्रवाही गर्ने गरेका हुन् । यी दुई कारणले गर्दा सल्यानमा असुरक्षित गर्भवपनको दर बढ्दो छ भने हुम्लामा किशोरी आमा बढ्नेहरु बढ्दै गएका छन् । असुरक्षित गर्भपतन र किशोरावस्थामै आमा बन्दा यसले स्वाथ्यमा गम्भीर असर पर्ने जोखिम हुन्छ । असुरक्षित गर्भपतनले महिलाको ज्यानै लिन सक्छ भने कलिलैमा विवाह गर्दा आमा र शिशु दुबैलाई ज्यान असुरक्षित हुन्छ । तर यति ज्ञान हुँदाहुँदै पनि असुरक्षित यौन सम्बन्धकै कारण महिलाहरुले असुरक्षित सम्बन्ध रोज्ने गरेका छन् । श्रीमान वा पुरुष साथीको दवावलाई नकार्न नसक्दा असुरक्षित यौन सम्बन्ध राख्नु बाध्य हुने गरेका छन् ।
कलिलैमै गरिने विवाह र विवाहपछि असुरक्षित यौन सम्बन्धका कारण हुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने महिलाको सङ्ख्या बढ्दै गएको छ । पछिल्ला वर्षहरुमा समेत बालबिबाहविरुद्ध चर्को आवाज उठे पनि १५ देखि १९ वर्षको उमेरमा बिबाह गर्ने कार्य नरोकिएका कारण उमेर नपुग्दै आमा बन्ने महिलाको सङ्ख्या बढ्दै गएको हो ।
हुम्लाकै ताजाकोट गाउँपालिकाान वर्षमा १५/२० जना महिलाहरुले उमेर नपुगेरै आमा बहुने गरेका छन् । स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले उमेर नपुगी बिबाह गर्ने चलन रोकिएको छैन । दुई महिना अगाडि मात्र १७ वर्षको उमेरमा एक जना गर्भवती महिलालाई सुत्केरी गराउन सफल भएको बताउदै उनले यो समस्यालाई समाधान गर्न कठिन भएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले वर्षमा १५ देखि २० जना गर्भवती जिल्ला अस्पतालको प्रसुती गृहमा सुत्केरी गराउन ल्याउने गरिएको बताइन । यो अस्पतालको सङ्ख्या भएको र जिल्लाभरको सङ्ख्या जोड्दा अवस्था गम्भीर देखिने बताउँदै उनले विद्यालयमा कक्षा नौ दसमा अध्ययन गर्ने छात्राहरु पनि सुत्केरी हुन गरेको बताइन ।
यस्ता कलिलै उमेरकी गर्भवतीलाई सुत्केरी गराउन कठिन हुने गरेको बताउदै उनले उमेर नपुगी बिबाह गर्ने चलनविरुद्ध उजुरी गर्ने कार्य हुन नसकेका कारण कानुन कार्यान्वयन फितलो देखिएको बताइन । सुत्केरी गराउन ल्याएकी गर्भवतीलाई आफुहरुको धर्म सफल रुपमा सुत्केरी गराउनु रहेको बताउदै स्थानीय स्तरबाटै यो समस्या समाधानको उपाय अवलम्बन गर्नु आवश्यक रहेको उनले बताए ।

असुरक्षित गर्भपतन गराउँदा तत्कालको असर गर्भपतन पूर्ण रूपमा नभई बढी रगत बग्ने, पाठेघरमा सङ्क्रमण हुने, पाठेघरमा चोटपटक लागेर पाठेघर नै निकाल्नुपर्ने अवस्था आउन सक्ने, महिलाको मृत्युसमेत हुन सक्ने तथा पछिसम्म हुन सक्ने समस्यामा तल्लो पेट दुखिरहने, बाँझोपन हुने र पाठेघर नै फाल्नुपर्ने अवस्था आउने हुन्छ ।

उता सल्यानमा महिलाले विभिन्न कारणले अझै पनि निजी क्लिनिक, मेडिकल पसल वा घरमै औषधी सेवन गरेर गर्भपतन गराउने गरेको पाइन्छ । लाज र गोपनीयताको चाहना तथा विवाहपूर्व वा सामाजिक परिस्थितिबाट उत्पन्न गर्भलाई लुकाउन हतारमा असुरक्षित वा गैरसूचीकृत बाटो रोज्ने गरेको जानकार बताउँछन् ।
आर्थिक वर्ष २०८१/८२ मा जिल्ला अस्पतालसहित अनुमति प्राप्त नौ स्वास्थ्य संस्थाबाट औषधी तथा साधारण उपकरणका माध्यमबाट महिलाले १२ हप्तासम्मको गर्भपतन गराएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए । गर्भपतनका लागि सल्यान अस्पताल र अन्य सात वटा स्थानीय तहका आठ स्वास्थ्य संस्था सूचीकृत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सेतु शाहीका अनुसार सूचीकृत स्वास्थ्य संस्था वनगाढ कुपिन्डे नगरपालिकास्थित देवस्थल स्वास्थ्य चौकीबाट सबैभन्दा बढी १०२ महिलाले गर्भपतन गराएका छन् ।
चिकित्सकका अनुसार असुरक्षित गर्भपतन गराउँदा तत्कालको असर गर्भपतन पूर्ण रूपमा नभई बढी रगत बग्ने, पाठेघरमा सङ्क्रमण हुने, पाठेघरमा चोटपटक लागेर पाठेघर नै निकाल्नुपर्ने अवस्था आउन सक्ने, महिलाको मृत्युसमेत हुन सक्ने तथा पछिसम्म हुन सक्ने समस्यामा तल्लो पेट दुखिरहने, बाँझोपन हुने र पाठेघर नै फाल्नुपर्ने अवस्था आउने हुन्छ । जथाभाबी गर्भपतन गर्नाले महिलाको ज्यानैसमेत जान सक्ने हुनाले असुरक्षित गर्भपतन गराउन नहुने स्वास्थ्यकर्मी बताउँछन् ।

सल्यानमा जिल्लामा १२ हप्तासम्मको गर्भपतन गर्नका लागि मात्रै स्वास्थ्य संस्थाले अनुमति पाएका छन् ।

सुरक्षित गर्भपतन सेवा कानुनले मान्यता दिए पनि सेवाग्राही महिलालाई सेवा कुन स्वास्थ्य संस्थामा उपलब्ध छ र कुन समयावधिमा सुरक्षित गर्भपतन गर्न सकिन्छ भन्नेबारे जानकारी नभएका कारण पनि यस्तो समस्या देखिएको स्वास्थ्य सेवा कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सेतु शाहीको भनाइ छ । “सूचीकृत नभएका निजी अस्पताल तथा मेडिकलबाट सेवा लिँदा हुन सक्ने सम्भावित जटिलतालाई न्यूनीकरण गर्नका लागि सम्बन्धित अस्पताल तथा मेडिकलले सूचीकृत संस्थामा पठाउनु पर्छ’ उनले भनिन, ‘यसमा स्थानीय तहले पहल गरी अगुवा भूमिका निर्वाह गर्न सके भने असुरक्षित गर्भपतनबाट हुन सक्ने जटिलता तथा मृत्यु न्यूनीकरण गर्न सकिन्छ ।” सल्यानमा जिल्लामा १२ हप्तासम्मको गर्भपतन गर्नका लागि मात्रै स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । त्योभन्दा माथिको गर्भपतनका लागि जिल्लाबाहिर नै जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार