सुर्खेत । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ । जसमध्ये सुर्खेतकी राधिका रम्तेल पनि सिफारिसमा परेकी छिन् । रम्तेल दलित कोटाबाट सांसदका लागि सिफारिस भएकी हुन् । उनीसँगै आदिवासी महिलातर्फ हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलातर्फ अम्बिका सङ्ग्रौला, तथा आदिवासी जनजातितर्फ पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने टुङ्गो लागेको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उक्त पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै ४ सिट सुरक्षित गरेको थियो । सोही आधारमा पार्टीले चार जना सांसद सिफारिस गर्ने निर्णय गरेको हो । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड पार गरेपछि श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको हैसियत समेत प्राप्त गरेको छ ।
प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार
प्रतिक्रिया दिनुहोस्