२०८३ वैशाख ५ , शनिबार
कविता

आमा



तिमी बिना यो जीवन अधुरो छ ।

महिमा सुनार
जनप्रिय माध्यमिक विद्यालय
वीरेन्द्रनगर-४ सुर्खेत

जसरी बिना घाम पृथ्वी अन्धकार हुन्छ ।

तिमी पहिलो शिक्षक,

तिमी पहिलो साथी,

तिमी नै पहिलो प्राथना र अन्तिम श्रद्वा ।

तिम्रो काखमा पलाएको मायाले,

बालपनका सपनाहरुलाई उड्न सिकायो ।

आमा,

तिमी दुःखमा ढाल,

सुखमा आर्शीबाद,

भोकमा अन्न,

तृष्णामा पानी र

निराशामा आशा ।

तिमी आँचल समुद्र भन्दा विशाल,

जहाँ हर दुख विलय हुन्छ ।

तिम्रो माया आकाश भन्दा निलो,

जहाँ पर्खाल होइन,केबल बाटो खुल्छ ।

आमा,

तिम्रो अनुहार स्वर्गको झलक हो ,

तिम्रो हात करुणाको मंदिर ।

तिमी नै पृथ्वीको सबै भन्दा महान शब्द

अक्षरमा छोटो र अर्थमा अन्नन्त ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार