२०८३ वैशाख ५ , शनिबार
अपराध

बलात्कार आरोपमा सुर्खेतबाट एकजना पक्राउ



जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कार आरोपमा एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, बलात्कार आरोपमा फरार रहेका चिंगाड गाउँपालिका–५ का ४१ वर्षीय हर्कबहादुर सुनारलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई बिहीबार दिउँसो १ बजे चिंगाड गाउँपालिका–५ मा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई जबर्जस्ती करणी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाले बताए

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार