२०८३ वैशाख ५ , शनिबार
इनिसाको बुवा भन्छन्

‘दोषीलाई बारबाही नभएसम्म शव बुझ्दैनौँ’



सुर्खेत । छोरीको मृत्यु भएपछि दुबइबाट नेपाल आइपुगेका इनिसाको बुवा इन्द विकले छोरीलाई मृत्युको मुखमा पु¥याउने व्यक्तिलाई कानुनी कारबाही नभएसम्म शब नबुझ्ने बताएका छन् । २३ गते विहान मृत्यु भएकी इनिसाको शव प्रदेश अस्पतालको शब गृहमा छ ।


छोरीको मृत्युपछि विहीबार मात्रै सुर्खेत आइपुगेका बुवा इन्द्रले दोषीलाई कानुनी कारबाही नभएसम्म आफूहरुले शव नबुझ्ने प्रष्ट पारेका छन् । ‘छोरी त अब जिउँदो छैन, हामीले न्याय पाएनौँ भने त्यो लाश बुझेर के गर्नु ? उनले भने, ‘जबसम्म छोरीको हत्यारालाई कारवाही हुँदैन तबसम्म शब बुझ्दैनौँ ।’ घटनाको प्रकृति र अनुसन्धानबाट प्राप्त प्रमाणले आफूहरुलाई न्याय पाउने आश रहेको उनको भनाइ छ । छोरीको सुन्दर भविष्यका लागि विदेशीको भन्दै उनले छोरीको हत्या गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार