२०८३ वैशाख ५ , शनिबार
इनिसा मृत्यु प्रकरण

शुक्रबार सीआइबीको टोली आउँदै



सुर्खेत । इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरी अनुसन्धान ब्यूरो (सीआइवी)को टोलि शुक्रबार सुर्खेत आउने भएको छ ।
घटनाबारे गरिरो रुपमा अनुसन्धान गर्न सीआइबीको टोलि सुर्खेत आउन लागेको हो ।

विहीबार सुर्खेत आउने भनिए पनि मौसम खराबका कारण शुक्रबार मात्र सीआइवीको टोलि सुर्खेत आउने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले जानकारी दिए । ‘ठूलो अपराधिक घटनामा लामो समयदेखि अनुसन्धानमा अनुभव प्राप्त टोली सुर्खेत आउन लागेको छ’ शाहीले भने, ‘घटनाको बास्तविक पत्ता लगाउनका लागि केन्द्रबाट अनुसन्धानको टोली आउने लागेको हो ।’
घटनाको असुन्धानका लागि एक जना अनुसन्धान विज्ञ आउन लागेका हुन् । विज्ञहरुको अनुसन्धान, घटनामा प्राप्त प्रमाणका आधारमा घटनाको सत्यतथ्य पत्ता लगाउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार