सुर्खेत । इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान गर्न पोलियोग्राफी गर्नका लागि विशेषज्ञको टोली सुर्खेत आइपुगेको छ । प्रदेश प्रहरी कार्यालय मातहतको विज्ञ टोली नेपालगञ्जबाट विहीबार दिउँसो सुर्खेत आइपुगेको हो ।

टोलिले अनिशाको मृत्युको वास्तविक कारण पत्ता लगाउने उद्देश्यले अनुसन्धानका लागि सुर्खेत आइपुगेको हो । टोलिले आजैदेखि अनुसन्धान समेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्