सुर्खेत । इनिसा विकको मृत्युको कारण पत्ता लगाउन विज्ञ टोली सुर्खेतमा आउने भएको छ । घटनाको सुच्छम् अध्ययनका लागि विज्ञ टोली सुर्खेतमा आइपुगेको सुर्खेतका एसपी सुधिरराज शाहीले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआइबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट पोलियोग्राफी गर्न विज्ञ टोली सुर्खेत आउन लागेको हो । केन्द्रीय सीआइबीको टोली हवाइमार्ग र पोलियोग्राफी टोली स्थलमार्गबाट सुर्खेत आउन लागेको हो ।
पोलियोग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने गर्दछ । त्यस्तै घटनाको थप अनुसन्धानका लागि पीडित र पीडक दुबै जनाको मोबाइल लगायतका विद्युतीय सामग्रीहरु अनुसन्धानका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ । त्यस्तै मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरु अनुसन्धानका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।
पोष्टमार्टमा रिपोर्ट, पोलियोग्राफी, कल डिटेल लगायतका सबै पक्षलाई केलाएर घटनाको अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्